३२ असार २०८३, बिहिबार

डेढ वर्षमा तीनवटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डेढ वर्षमा तीनवटा सरकार फेरिएको कारण देश विकासमा समस्या आएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित‘लिपेमा फुल्ने लालीगुराँस फुल’ को वृत्तचित्र प्रदर्शन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा तीनवटा सरकार फेरिएको भन्दै यसले गर्दा कुनै पनि योजनाहरु पूरा नभएको बताए ।

उनले भने, ‘नेपालमा पैसा नै उठ्दैँन् यति धेरै, राजस्व उठ्दैँन्, पैसा खर्च हुदैँन् । मन्त्री फेरिइ रहेका हुन्छन् । ७९ को चुनावपछि१३ महिना सरकार चलेको यो पहिलो पटक मात्र हो, चौथो पटकमा, एउटा सरकार ६२ दिनमा गयो, अर्को सरकार ६ महिनामा, त्यसपछिको ६ महिनामा गयो डेढ वर्षमा तीन वटा सरकार फेरियो । यसले गर्दा नयाँ मन्त्री आएपछि पुरानो योजनामा भएको पैसा त्यसै छोड्ने, फेरि नयाँ योजनामापनि पैसा हाल्ने । योजना टोलै पिच्छे, गाँउ पिच्छे राख्ने पूरा कुनै पनिनगर्ने, १०, १५ वर्ष भईसक्यो सक्या हुदैँन् ।’

यस्तै, उनले संविधानमा आदिवासीहरुको अधिकार भएन भन्ने आन्दोलन गरेर ल्याएको अधिकार पनि सदुपयोग नगरेको भन्दै दुख पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘अहिले हामी ठूलो चापोमा छौं । उद्योग थियो अहिले उद्योग नै गरेको छैन् । व्यापारमा गयो त्यहाँ पनि राम्रो मान्छे छैन् । राजनीतिमा गयो त्यहाँ थोरै थोरै छ, अहिले गुरुङहरु कहाँ छ त, त्यती धेरै लडाई गरेर संविधानद ल्यायौं संविधानमा आदिवासिहरुको अधिकार भएन भनेर आन्दोलन गरेका थियौं । निजामतिमा हाम्रो लागि कोटा निर्धारण भएको छ । त्यहाँ पनि हाम्रो मान्छे जाँदैनन् । अहिले समय प्रतिस्पर्धाको आयो ।’