२६ असार २०८३, शुक्रबार

पूर्वमुख्यमन्त्री सोडारी धरौटीमा रिहा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी धरौटीमा रिहा भएका छन् ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग लागेका सोडारीलाई विशेष अदालतले आज एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी आज अदालतमा उपस्थित भएका थिए ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा उनको बयान लिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोले गत जेठ १९ गते सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।