८ असार २०८३, सोमबार

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी, २ भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा  पहिरो जाँदा दुई जनाको मृत्यु भएको छभने पाँचजना घाइते भएका छन् ।

आज दिउँसो आयोजनाको बाँधस्थल झिँ र दग्नामको सीमा क्षेत्रमा पहिरो जाँदा ढुङ्गा लागेर आयोजनामा कार्यरत मजदुर लालबहादुर सुनार र सुजन बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

उनकाअनुसार, पाँचजना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम लैजाने तयारी गरिएको छ। घटनास्थलमा मौवाफाँट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीसहित आयोजनाका अन्य मजदुरले घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले रघुगङ्गा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।