सिमकोट, २ भदौ । हुम्लामा विभिन्न पार्टी परित्याग गरी १५ घरधुरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
एमाले हुम्लाको सातौं जिल्ला कमिटीको पूर्ण बैठकमा सिमकोट गाउँपालिका वडा नम्बर एक र दुई ठेहे गाउँबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नयाँ शक्ति परित्याग गर्दै एमालेमा प्रवेश गरेका एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।
जिल्ला पार्टी सचिव बोहराका अनुसार एमालेमा प्रवेश गर्नेमा नेपाली कांग्रेसबाट नुन्दे बोहरा, दुन्त बोहरा, रवि भण्डारी रहेका छन् ।
यस्तै माओवादी केन्द्रबाट ज्वाले रावल, गोफी रावल वडा कमिटी सदस्य, राम बहादुर रावल, हजारी सार्की, रुप्सीला बोहरा, सोवनकली सुनार, पुने बोहरा, राजेन्द्र बोहरा, गोर्ख बोहरा, पुन्च बोहरा लगायत छन् ।
नवप्रवेशीलाई एमालेमा पार्टी केन्द्रीय सदस्य दल रावलले स्वागत गरेका थिए । प्रवेशीलाई स्वागत गर्दै केन्द्रीय सदस्य रावलले पार्टीको मिसन २०८४ हुम्लाको ठेहे गाउँबाट सुरु भएर सफल हुने बताए ।
















प्रतिक्रिया