काठमाडौं, २ भदौ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले फैसलाको पूर्णपाठमा हस्ताक्षर नगरेको मुद्दाको मिसिल झिकाउन अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मिसिल झिकाउन आदेश गरेको हो।
प्रतिनिधि सभा विघटनको फैसला भएको पाँच वर्षसम्म पनि पूर्वप्रधान न्यायाधीश जबराले हस्ताक्षर नगरेको भन्दै अधिवक्ता न्यौपानेले सर्वोच्च अदालतमा रिट पेस गरेका थिए।
उक्त रिटलाई शुक्रबार सर्वोच्चका रजिष्ट्रार मानबहादुर कार्कीले दरपीठ गर्ने आदेश गरेका थिए। उक्त आदेशलाई बदर गर्न माग गर्दै आइतबार अधिवक्ता न्यौपानेले अर्को निवेदन दिएका थिए।









प्रतिक्रिया