१४ असार २०८३, आइतबार

दुई वर्षपछि वडाध्यक्षको राजीनामा स्वीकृत

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २ भदौ । घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाहको दुई वर्षअघि दिएको राजीनामा बल्ल स्वीकृत भएको छ।

शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई राजीनामा बुझाएका थिए। तर राजीनामा सोमबार बसेको कार्यपालिका बैठकले अनुमोदन गरेपछि औपचारिक रूपमा स्वीकृत भएको हो।

नगर प्रमुख चौधरीका अनुसार आफूले गएको वर्ष असारमै राजीनामा स्वीकृत गरे पनि कार्यपालिका बैठकबाट अनुमोदन ढिलाइ भएको थियो।

एमालेबाट निर्वाचित शाहले बजेटको विषयमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए। आफ्नै पार्टीका मेयरले बजेट नै नहालिदिएको भन्दै उनले असन्तुष्टि सार्वजनिक गरेका थिए। ज्येष्ठताका आधारमा चूडामणि चौधरीलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ।