२० असार २०८३, शनिबार

मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । ललितपुरको महालक्ष्मीस्थानको मितेरी सहकारी ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनका आधारमा ८ जनाविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो ।

बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्रीविरुद्ध मुद्दा दर्ता भएको हो। यस्तै हाल फरार रहेका ५ जनालाई पनि प्रतिवादी बनाइएको छ।

फरार रहनेमा कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योती गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदिप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षका अर्जुन अराम रहेका छन् ।

काँग्रेस सपसभापति गुरूङविरूद्व भने कुनै प्रमाण नभेटिएको भन्दै सीआईबीले सफाई दिएको हो ।