२७ असार २०८३, शनिबार

अध्यागमन विभागले भिजिट भिसामा जाने यात्रुलाई शङ्काका आधारमा नरोक्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं, १ भदौ । अध्यागमन विभागले अबदेखि कुनै पनि नेपाली नागरिकलाई अनुमान, शङ्का वा हैसियतका आधारमा विदेश जान नरोकिने प्रतिबद्धता व्यक्त गरेको छ ।

आज पत्रकार सम्मेलन आयोजना गरेर विभागका महानिर्देशक रामचन्द्र तिवारीले शङ्का वा हैसियतका आधारमा नरोकिने प्रतिबद्धता व्यक्त गरेका हुन् । महानिर्देशक तिवारीले यात्रामा जानुअघि वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण, डलर सटही र आवश्यक कागजात अनिवार्य रूपमा लिन यात्रुहरूलाई अनुरोधसमेत गरे ।

दलालको प्रलोभनमा परी अवैधानिक बाटोबाट विदेश नजान र अध्यागमन प्रक्रियामा रकम मागिएमा तुरुन्तै विभाग, प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिन उनले आग्रह गरे ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक तिवारीले अध्यागमन प्रक्रियाको सुधारका लागि यात्रु, वायु सेवा कम्पनी, पालिका र सञ्चारमाध्यम, विदेशमा रहेका कूटनीतिक नियोग, ट्राभल्स तथा मुद्रा सटही कारोबार गर्ने संस्थाहरूलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि आग्रह गरे ।