११ असार २०८३, बिहिबार

अघिपछि एमाले हुने, चुनावको बेला छाड्ने कार्यकर्ता चाहिँदैनः शंकर पोखरेल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कञ्चनपुर, १ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको दाबी गरेका छन् । आज नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डो¥याउने पार्टी नेकपा एमाले भएको जिकिर गरे ।

अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको लोकतन्त्रको लागि मानक बन्ने उनको धारणा थियो । त्यसैले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने विषयमा एमालेले यो सबै सोचविचार गरेर निर्णय गरेको उनको धारणा छ ।

सभामुख र राष्ट्रपति राजनीतिमा आउने विषय फरक भएको बताउँदै उनले राष्ट्रपति निर्वाचित भएपछि प्रतिनिधि सभाको सदस्यबाट नै राजीनामा दिनु पर्ने तर सभामुख प्रतिनिधि सभाको सदस्य हुने कुराले यी दुई बिचको फरक छुट्याउन सकिने उनको धारणा थियो ।

‘अरू सम्माननीयको भूमिका भन्दा राष्ट्रपति र उपराष्ट्रपति भूमिका फरक हुन्छ’, पोखरेलले भने । पार्टी भित्र हुर्कँदै गएको अवसरवाद पार्टीको लागि घातक भएको उनको भनाइ थियो ।

एमालेले मिसन २०८४ घोषणा गरेको बताउँदै उनले त्यसलाई सफल गराउन अवसरवादलाई परास्त गर्नसक्नु पर्ने बताए । ‘मिसन २०८४ लाई सफल गराउने हो भने पार्टी भित्र रहेको अवसरवादलाई जित्न सक्नुपर्दछ’, उनले भने ।

कुनै पनि पार्टीलाई बलियो बनाउन अनुशासन र एकता बलियो बनाउनु पर्ने उनले बताए । ‘अनुशासन र एकताको अभावमा कुनै पनि पार्टी बलियो बन्न सक्दैन भन्ने कुरा हामीले बुझ्नु पर्दछ, अवसरवाद र अराजकता पार्टी निर्माणका समस्या हुन्’, उनले भने ।

वैचारिक र राजनीतिक काममा नलाग्दा अवसरवाद मौलाउने उनले बताए । पोखरेलले मैले जे बुझेको छु त्यो नै सत्य हो भन्ने भावको विकास हुँदा अवसरवाद जन्मिने बताए । ‘अवसरवादले मानिसलाई गलत बाटो तर्फ डो¥याउँदछ’, पोखरेलको भनाइ छ ।

पार्टी सबैभन्दा बढी एकताबद्ध चुनावको बेलामा हुनु पर्ने बताउँदै उहाँले पार्टीमा चुनावको बेलमा धोका दिने प्रवृत्ति मौलाएको पनि बताए । ‘अघि पछि एमाले भइरहने, चुनावको बेला एमाले छाड्ने नेता–कार्यकर्ता चाहिँदैन’, उनको भनाइ थियो ।