कैलाली, १ भदौ । कैलालीमा आमा–छोरी मृत फेला परेका छन् ।
घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी १० महिनाकी छोरी अनुजा टगौरा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
गौरीशंकर सामुदायिक वनमा उनीहरू मृत भेटिएका हुन् । आरती डंगौराको दुई वर्षअघि बिवाह भएको थियो ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया