काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
उनका अनुसार छिट्टै सञ्चालनमा ल्याइने यो परियोजना सम्पन्न भएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा यात्रुहरूले भोग्दै आएको दीर्घकालीन कष्ट अन्त्य हुनेछ। हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको पनि प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
करिब २.६८८ किलोमिटर लामो यो सुरुङमार्ग काठमाडौं र धादिङको सिस्नेखोलालाई जोड्नेछ।









प्रतिक्रिया