३१ जेष्ठ २०८३, आइतबार

राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ३१ साउन । राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहण गरेका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटनस्थित कृष्ण मन्दिर पुगेका थिए । राष्ट्रप्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ ।

राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।

किंवदन्ती अनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।