२६ जेष्ठ २०८३, मंगलबार

महिला पत्रकारका लागि प्रजनन स्वास्थ्य कोष स्थापना गर्ने महासंघ मकवानपुरको निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३१ साउन । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको आकस्मिक बैठकले ‘महिला पत्रकार प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोष’ स्थापना गर्ने निर्णय गरेको महासंघका सचिव एवम् सूचना अधिकारी केशव समर्पण सुवेदीले जानकारी दिए । उनका अनुसार कोषमार्फत महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने र सुरक्षित सुत्केरीका लागि प्रोत्साहन रकम उपलब्ध गराइनेछ । कोषको औपचारिक शुभारम्भ आगामी भदौ २ गते हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा हुने भएको छ ।

कार्यविधि निर्माण गरेर कोषलाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गरिने अध्यक्ष बालकृष्ण अधिकारीले बताए । यसका लागि उपाध्यक्ष भावना रिजालको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा लेखन समिति गठन गरिएको छ । समिति सदस्यमा सचिव सुवेदी र सानुमाया गुरुङ ‘निशा’ रहेका छन् ।