२३ जेष्ठ २०८३, शनिबार

विष्णुमती नदीले खतराको तह पार गर्‍यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । काठमाडौंको विष्णुमती नदीले खतरा तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिबार अपरान्ह एक सूचना जारी गर्दै विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा खतराको तह पार गरेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको हो ।

‘काठमाडौं जिल्लास्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरूले सतर्कता अपनाइराखौँ ।’ महाशाखाले एक सूचना जारी गर्दै भनेको छ ।