२८ जेष्ठ २०८३, बिहिबार

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, ५ जना घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ३१ साउन । अछाममा झण्डा फहराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन् ।

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा फलामे झण्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका–७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए ।

घाइते बान्निगढी जयगढ–६ का १८ वर्षीय समीर शाह, १७ वर्षका विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६ भाटाकाटियाका १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य छ ।