१३ असार २०८३, शनिबार

अवरुद्ध साँफे–मार्तडी राजमार्ग सञ्चालनमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ३१ साउन । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।

जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो । अहिले राजमार्गमा जेसिभीको सहयोगले पहिरो पन्छ्याएपछि यातायात सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।