३१ जेष्ठ २०८३, आइतबार

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । तीन दिनअघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापाको बिर्तामोड नगरपालिका १०, विराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जानकारी दिए ।

जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाएको छ ।

जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद सजाय पाएका खत्रीले एक वर्ष कैद भुक्तान गरेका छन् ।