२७ जेष्ठ २०८३, बुधबार

रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौं ल्याइँदैछ ।

लामिछानेलाई भैरहवाबाट नख्खु कारागारमा सरुवा गर्न लागिएको हो । लामिछानेको निवेदनको आधारमा कारागार विभागले हिजो उनको सरुवाको निर्णय गरेको हो । उनलाई दिउँसो ३ः१० बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइने जनाइएको छ ।

लामिछानेलाई गत चैत २५ गते उच्च अदालत बुटवलको आदेशपछि रुपन्देही कारागारमा राखिएको थियो ।