
काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै कर्म, ज्ञान र प्रेम (भक्ति)को बाटो देखाउने श्रीकृष्णको बाटोमा सबै हिँड्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हार्दिक शुभकामना ! आज कृष्ण जन्माष्टमी, कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटो देखाउने श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् । कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !’








प्रतिक्रिया