१८ असार २०८३, बिहिबार

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ३१ साउन । शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार रिला गाउँ माथिबाट पहिरो बगेर खोलामा बाढी आएकाले राजमार्ग अवरुद्ध भएको छ ।

खोलामा आएको बाढीका कारण बाटो बनाउनका लागि सडक डिजिभन कार्यालयसँग जेसिवीको पहल भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी चौधरीले बताए ।

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको छ । लगातार वर्षा भइरहेकाले बाटोको पहिरो पन्छ्याउँदा पनि माथिबाट पहिरो आइरहेकाले बाटो खुलाउन समस्या भएको प्रहरी निरीक्षक चौधरीको भनाइ रहेको छ ।