
हेटौंडा, ३१ साउन । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शनिबार बिहान राजपथअन्तर्गत लामिडाँडामा सडकमाथिबाट ढुङ्गा, रुखसहितको पहिरो खसेको प्रहरीले जनाएको छ ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








प्रतिक्रिया