काठमाडौं, ३० साउन । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नक्खु कारागारमा ल्याइने भएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेलाई सरूवा नक्खु कारागार ल्याउने निर्णय गरेका हुन् । अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर रविलाई नख्खु कारागारमा पठाउनेछ ।
लामिछानेलाई यसअघि नै कारागार सरूवा गर्न अदालतले पनि आदेश दिएको थियो । तर गृहमन्त्री रमेश लेखकले सरूवा रोकेको भन्दै आलोचना हुँदै आएको थियो ।








प्रतिक्रिया