२ श्रावण २०८३, शनिबार

रञ्जिताले गंगाराम चौधरीलाई संसदीय दलको नेता र महासचिवबाट हटाइन्

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले महासचिव एवम् संसदीय दलका नेता गंगाराम चौधरीलाई जिम्मेवारीबाट हटाएकी छिन् ।

चौधरीलाई उनले महासचिव र संसदीय दलको नेताबाट हटाएकी हुन् । दुईपटकसम्म स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको बताइएको छ ।

चौधरीले पार्टी हित विपरीत काम गरेको रञ्जिताले आरोप लगाएकी छिन् । यसअघि पार्टीका संरक्षक रेशम चौधरी, महासचिव गंगारामसहित पार्टीका संस्थापकहरूले रञ्जितालाई अध्यक्षबाट हटाएका थिए ।

तर निर्वाचन आयोगले त्यसलाई बदर गर्दै रञ्जितालाई नै अध्यक्षको मान्यता दिएको थियो ।