जनकपुरधाम, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरीको प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।
मधेस प्रदेश सरकारको करिब २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा निर्माण भएको सुविधासम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयले बहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माण गरेको हो। यसअघि आफ्नो भवन नभएकाले मधेस प्रदेश प्रहरी भाडाको घरमा बस्दै आएको थियो।
तस्वीरहरू–













प्रतिक्रिया