
काठमाडौं, ३० साउन । गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङ रिहा भएका छन् ।
भक्तपुर जिल्ला अदालतले एक लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
ज्यान मार्ने उद्योग मुद्दामा भक्तपुर प्रहरीले उनलाई दुई दिनअघि हिरासतमा लिएको थियो । केही दिनअघि जन्मदिन मनाउने क्रममा हुलहुज्जत गरेपछि अभद्र व्यवहारको कसुरमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा भएका थिए ।
रिहा भएलगत्तै ज्यान मुद्दामा भक्तपुर प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।









प्रतिक्रिया