काठमाडौं, ३० साउन । भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
ज्यान मार्ने उद्योगमा भक्तपुर प्रहरीको हिरासतमा रहेका चक्रेलाई न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले १ लाख दश हजार धरौटीमा छाड्न आदेश दिएको हो । उनलाई आजै रिहा गर्न तयारी छ ।
अभद्र व्यवहार गरेको कसुरमा काठमाडौं प्रहरीले उनलाई केही दिनअघि पक्राउ गरेको थियो ।
बुधबार काठमाडौं अदालतको आदेशबाट ३० हजार धरौटीमा रिहा भएका उनलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान लागि भक्तपुर प्रहरीले हिरासतमा लिएको थियो ।









प्रतिक्रिया