२३ जेष्ठ २०८३, शनिबार

भारतीय दूतावासले मनायो ७९औँ स्वतन्त्रता दिवस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नेपालस्थित भारतीय दूतावासले भारतको ७९ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।

भारतीय राजदूत नवीन श्रीवास्तवद्वारा लैनचौरस्थित दूतावासमा राष्ट्रिय झण्डा फहराएर कार्यक्रमा सुरुवात गरेका थिए । कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले ७९ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो । आफ्नो सम्बोधनमा राष्ट्रपतिले विगत ७८ वर्षमा भारतले गरेको उल्लेखनीय प्रगतिका बारेमा चर्चा गरेकी थिईन् ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरेका थिए ।

उनले कुल नेरु. ६.४ करोडको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरे । दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा फैलिएका ३९ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा ग¥यो । यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।

कार्यक्रममा नाचगान, वाद्यवादनसहित कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

तस्वीरहरू-