काठमाडौं, ३० साउन । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न रहेको आरोप लागेका र लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रममा उनलाई पार्टीमा भित्र्याएका हुन्।
कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी–४ का सांसद महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादव र महोत्तरी जिल्ला सभापति नागेश्वर यादवको उपस्थिति थियो। उनको मुद्दा महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा छ ।
प्रहरीले अदालतमा पेश गरेपछि बल्ल मुद्दामा सुनवाइ हुनेछ । अदालतले २०८० मंसिर २८ गते विकको हत्यामा संलग्न ७ जनालाई जन्मकैदको सजाय सुनाइसकेको छ।









प्रतिक्रिया