२५ जेष्ठ २०८३, सोमबार

मोदीले ओलीलाई बोधगयामा भेट्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको बोधगयामा भेटवार्ता हुने भएको छ ।

भारतीय प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहेकोमा यो पटक नेपालका प्रधानमन्त्रीका लागि गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल चयन गरिएको हो । दुई मुलुकका सरकार प्रमुखबीच बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओली भदौ ३१ मा भारत जाने तयारीमा छन् । प्रधानमन्त्री बनेको १४ महिनापछि उनले भारतको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

ओलीको भ्रमणको तयारीका लागि विदेश सचिव विक्रम मिस्री आइतबार काठमाडौँ आउने छन् । उनले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् ।

भ्रमण कार्यतालिका तथा बोधगयाको रुट भारतीय विदेश सचिव मिस्रीको भ्रमणबाट तय हुने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए ।