इटहरी, ३० साउन । आफूलाई नेपालको राष्ट्रगानका रचयिता ‘व्याकुल माइला’ भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
उदयपुरको बेल्टार निवासी मिलन राईलाई इटहरी उपमहानगरपालिका परिसरबाट बिहीबार इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो। राईले लामो समयदेखि राष्ट्रगानका वास्तविक सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ को नाम दुरुपयोग गरी पुस्तक बिक्री र विभिन्न निकायमा ठगी गर्दै आएको आरोप छ।
उनले आफैंले लेखेका पुस्तकलाई ‘व्याकुल माइला’ को कृतिका रूपमा बिक्री गर्ने गरेका थिए। बिहीबार इटहरीमा बिक्री गरिएको पुस्तकको भुक्तानी लिन आएका बेला उनलाई पक्राउ गरिएको हो।








प्रतिक्रिया