१८ कार्तिक २०८३, बुधबार

तस्वीरमा हेर्नुहोस् फेवातालको सुन्दरता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३० साउन । फेवाताल नेपालको गण्डकी प्रदेशमा अवस्थित पर्यटकीय नगरी पोखराको प्रमुख र प्रसिद्ध ताल हो । यो ताल नेपालको दोस्रो ठूलो र पर्यटक दृष्टिले सबैभन्दा महत्त्वपूर्ण ताल हो । तालको मध्यभागमा अवस्थित तालबाराही मन्दिर पोखराको सांस्कृतिक र धार्मिक गहना हो । फेवा तालमा डुंगा सयर अत्यन्तै लोकप्रिय छ । तालमा डुंगा चढेर बिहानी र सन्ध्याकालीन दृश्य हेर्नु वा तालबाराही मन्दिरसम्म पुग्नु यहाँ आउने हरेक पर्यटकका लागि अविस्मरणीय अनुभव हुन्छ । फेवातालको पानीमा माछापुच्छ्रे हिमालको छायाँ देखिन्छ, जुन यसको सबैभन्दा चर्चित र मनमोहक दृश्य हो । सूर्योदय वा सूर्यास्तका बेला तालको छेउमा बस्दा प्रकृतिको मौन सौन्दर्य गहिरो अनुभूति दिलाउँछ ।