२ श्रावण २०८३, शनिबार

रवि लामिछानेको धरौटीविरूद्वको निवेदनमा आज सुनुवाई सकिएन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटीविरुद्धको निवेदनमा उच्च अदालत पोखरामा आज बहस सकिएन ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा रिहा भएका लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सरकारी पक्षले जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दर्ता गरेको हो। सोसँगै, आफूलाई तोकिएको धरौटी रकम अत्यधिक भएको भन्दै लामिछानेले पनि उच्च अदालतमा निवेदन दिएका थिए।

दुवै निवेदन एकसाथ राखी मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द र न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासमा सुनुवाइ सुरु भए पनि आज नसकिएको हो । अब यो मुद्दाको अर्को पेसी आउँदो बिहीबारका लागि तोकिएको उच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए।

सूर्यदर्शन सहकारी प्रकरणमा मुछिएका पूर्वडीआइजी छविलाल जोशीसहित सात जना धरौटीमा छुटेका थिए। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले गत पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।