१० कार्तिक २०८३, मंगलबार

प्रतिपक्षले घृणा उक्साउने विषय मात्रै अघि सारिरहेका सांसद सुनिता बरालको टिप्पणी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले सांसद सुनिता बरालले प्रतिपक्षी दलहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले प्रतिपक्षले लोकप्रियता कमाउने, अतिवादी धारणा फैलाउने, शंका र घृणा उक्साउने विषय मात्रै अघि सारिरहेको बताएकी हुन् ।

उनले प्रधानमन्त्री वा मन्त्रीको जवाफ सुनेपछि प्रतिप्रश्न गर्ने क्रममा ‘हावादारी कुरा भयो’ भन्ने जस्ता अभिव्यक्ति गणतन्त्रको मर्यादासँग मेल नखाने बताइन्।

बरालले राजनीतिक दलहरूबीच नीति–आधारित प्रतिस्पर्धा, सहमति निर्माण र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

उनका अनुसार, राष्ट्रिय हितका विषयमा एकीकृत दृष्टिकोण विकास नगरी केवल पक्ष–प्रतिपक्षको द्वन्द्वमा सीमित हुँदा समृद्ध नेपालको लक्ष्य पूरा हुन सक्दैन।