७ असार २०८३, आइतबार

बाजुरामा बाढीले ११ घर बगायो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २९ साउन । बाजुरामा बुधबार राति आएको भीषण बाढीले हिमाली गाउँपालिका–१ स्थित विच्छ्या क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विच्छ्या खोलामा आएको बाढीका कारण ११ घर पूर्ण रूपमा बगाएका छन् भने सात घरमा भौतिक क्षति र १७ घर उच्च जोखिममा परेका छन्।

बाढीले गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा र गोवतल थापाको घर, पसल तथा खेतबारीमा क्षति पुर्‍याएको छ।

त्यसैगरी गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार र अङ्गविर चदाराको घर बगाएको प्रहरीको भनाइ छ। बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारको घर पनि बाढीले पूर्ण रूपमा नष्ट गरेको बताइएको छ।

बाढीका कारण गाउँपालिका–१ का सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा र बलचन्द्र थापाको घरसँगै अन्य थुप्रै घरहरू जोखिममा छन्। स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि उच्च जोखिम क्षेत्रमा परेको छ।

सार्वजनिक संरचनाहरूमा समेत क्षति पुगेको छ। १ नम्बर वडा कार्यालय, विच्छ्या माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन, झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्ट समेत बाढीको जोखिममा परेका छन्