५ असार २०८३, शुक्रबार

पशुपति आर्यघाटबाट शवको हड्डी किन्ने दुईजना पक्राउ

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । पशुपति आर्यघाटबाट शवको हड्डी निकालेर बेचिएको घटनामा थप दुईजना पक्राउ परेका छन् ।

प्रहरीले हड्डी किनेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

उनीहरूको साथबाट हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु पनि बरामद भएको प्रहरीले जानकराी दिएको छ । यो घटनामा यसअघि घाटे गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनाली पक्राउ परिसकेका छन् ।