
काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्माले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम सरकारले अघि सारेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले यसको सरकारले कृषि आधुनिकीकरण परियोजना सुरु गरेको जानकारी दिएका हुन् । ‘निर्वाहमुखी कृषिलाई व्यावसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिको प्रयोगमार्फत आधुनिक बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अगाडि सारेको छ । कृषि वस्तुका विषयगत सुपर जोन, जोन र एकाइहरू बनाएर उत्पादन बढाउने लक्ष्य लिइएको छ’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रूपमा फलफूल तथा तरकारी खेती थालिएको पनि प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
कृषि कर्मबाट नै रोजगारी सिर्जना हुने प्रधानमन्त्री ओलीको विश्वास छ । ‘कृषिलाई परम्पराबाट आधुनिक व्यवसाय बनाएपछि यसले उत्पादन बढाउने मात्रै नभएर रोजगारी पनि सिर्जना गर्ने छ’, प्रधानमन्त्री ओलीले भने ।








प्रतिक्रिया