४ असार २०८३, बिहिबार

आज चार संसदीय समितिको बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो ।

आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ५३औं बैठकमा सौर्य एयरलाइन्स एन–एएमई, सीआरजे २०० वायुयान दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदन माथि छलफल गरिने भएको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ भने बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दैछ ।