
काठमाडौं, २९ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको छ । जसले गर्दा मनसुन नेपालको पुर्वी भू–भागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति भने गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया