८ असार २०८३, सोमबार

बाजुरामा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २९ साउन । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा बुधबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–१ बर्कुका २७ वर्षीय पदमबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार सोही गाउँपालिकाको जोरु लेकबाट पिलुचौरका लागि स्याउ लिएर आउने क्रममा पिलुचौर साप्पाटा सडकको बर्कुबाट ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । सोही गाउँपालिका–४ बस्ने २४ वर्षीय रविन्द्र नाथले चलाएको भे ००१ त ०४८१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी बुढाको मृत्यु भएको छ भने ३५ वर्षीय लोकेन्द्र रोकाया घाइते भएका छन् ।

घाइते रोकायाको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएका रोकायाको टाउको र ढाडमा चोट लागेको छ ।

चालक र सहचालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

ट्र्याक्टर सडकबाट करिब ३५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।