२७ जेष्ठ २०८३, बुधबार

सबै भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ : मन्त्री अधिकारी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोगका ७७ वटै जिल्ला शाखाहरुले भूमिहीन, दलित र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न क्रियासिल रहेको बताएका छन् । केही महिनाभित्रै लाखौंले लालपुर्जा पाउने गरी काम भइरहेको मन्त्री अधिकारीको भनाई छ ।

भूमि समस्या समाधान आयोग केन्द्रीय कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले भूमि समस्या समाधानका लागि यो आयोग नै अन्तिम हुने र यसले सबै खाले समस्याको हल गर्ने दाबी गरे । राजनीतिक चेपुवामा परेर धेरै पटक आयोग बन्ने, विघटन हुने श्रृङ्खला चलिरहेकोमा वर्तमान सरकारले आयोगलाई स्पष्ट निर्देशनसहित विघटन नहुने र सबै समस्या हल गर्ने गरी जिम्मेवारी प्रदान गरेको उनले स्मरण गराए ।

२०८१ साल कात्तिक १३ गते गठन भएको यो आयोगले ८ महिनाको समयमा ७७ जिल्लामा शाखा खोल्ने, भूमिहीनको लगत संकलन गर्ने र लालपुर्जा वितरणको काममा समेत ध्यान दिएको उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि समस्या समाधानका लागि मन्त्री अधिकारीले विशेष पहलकदमी लिएको भन्दै आफूले गोष्ठीको उद्घाटन नगरी मन्त्री अधिकारीमार्फत उद्घाटन गराएका थिए । कार्यक्रममा सबैलाई लालपुर्जा दिएर इतिहास रच्न प्रधानमन्त्रीले सबैलाई निर्देशन समेत दिए ।

आयोगका अध्यक्ष हरिप्रसाद रिजालको अध्यक्षतामा भएको गोष्ठीमा सातवटै प्रदेशका भूमि व्यवस्था मन्त्रीहरु, संघीय सरकारका गृहमन्त्री रमेश लेखक, ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।