१० असार २०८३, बुधबार

उपनिर्वाचन एमालेलाई हार्ने छुट छैन : पद्मा अर्याल

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २८ साउन । नेकपा (एमाले) की सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा कुमारी अर्यालले रुपन्देही–३ को उपनिर्वाचन हार्ने छुट नरहेको बताएकी छिन् ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकलाई दाङको लमहीमा सम्बोधन गर्दै अर्यालले उपचनिर्वाचनको नतिजाले ०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले कार्यकर्तालाई जितका लागि दृढतापूर्वक लाग्न निर्देशन दिएकी हुन् ।

उनले आक्रामक रूपमा काम गर्न र सामाजिक अराजकताविरुद्ध डटेर उभिन आह्वान गरिन् । ‘मेहनतपूर्वक लागेर जसरी पनि नेकपा एमालेलाई जिताउनु पर्छ । हार्ने छुट छैन । सकारात्मक सन्देश प्रवाहका लागि यो चुनाव जित्नै पर्छ,’अर्यालले भनिन् । उनले बैठकलाई सम्बोधन गर्दै रक्षात्मक नभई आक्रामक रूपमा जुट्न तथा सामाजिक अराजकता विरुद्ध डटेर सामना गर्न आह्वान गरिन् । ‘सामाजिक सञ्जालका टिकाटिप्पणीले एमाले हल्लिँदैन । यसबाट पार्टी अझ सुदृढ हुन्छ,’उनले स्पष्ट रूपमा भनिन् ।

बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्र्वर्द्वनलाई मुख्य लक्ष्य बनाएर दृढतापूर्वक काम गरिरहेको बताए । आफ्नो नेतृत्वमा सुशासन प्र्वरद्र्वन र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिएका छन् ।

एक वर्षे उपलब्धिहरू प्रस्तुत गर्दै उनले पूर्व विशिष्ट पदाधिकारीको सेवा–सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पु¥याएको, सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल, कालोपत्रे सडक र नयाँ सडक निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरे । बैठकलाई केन्द्रिय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेलले पनि सम्बोधन गरेका थिए ।

बैठकमा १२ जिल्ला अध्यक्षहरूको प्रतिवेदन प्रस्तुत भएको थियो । बैठकमा प्रदेश कमिटी सदस्यहरुको सपथग्रहण समेत गराइएको थियो । उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बैठकमा प्रस्तावित निर्णयहरु प्रस्तुत गरेका थिए ।