६ असार २०८३, शनिबार

विलासिता करबारे सुनचाँदी व्यवसायीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । चालु आर्थिक वर्षबाट लागू भएको सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याटको विषयमा सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

व्यवसायीमैत्री नीति तथा निर्देशिका निर्माण लगायतका विषयहरूको दीर्घकालीन समाधानको माग गर्दै सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन् । प्रधानमन्त्रीसँग नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भेट गरेको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले उठाइएका समस्याहरू सम्बन्धित मन्त्रालयमार्फत गम्भीर रूपमा अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको महासंघले जानकारी दिएको छ ।

भेटमा महासंघका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठ, सल्लाहकार ज्योत्सना श्रेष्ठ, महासचिव निरबहादुर विश्वकर्मा, कार्यसमिति सदस्य प्रसुन जलान, कार्यालय प्रमुख राम महर्जन साथै नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिका संयोजक विपिन रामुदामु सहभागि थिए ।