१० कार्तिक २०८३, मंगलबार

रवि लामिछानेलाई कारागार सार्ने कुरालाई सकारात्मक रुपमा लिएको छु : गृहमन्त्री

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रुपन्देही कारागार बसाइ र सुविधाबारे उठेका प्रश्नहरुमा  गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा स्पष्ट पारेका छन् ।

मन्त्री लेखकले कारागारमा न्यूनतम सुविधासमेत नदिइएको आरोपले समाजमा हल्ला फैलिएको भए पनि, बजेट र भौतिक पूर्वाधारको सीमितताका कारण आवश्यक सुधार कार्य तत्काल गर्न नसकिएको बताएका हुन् ।

उनले १५ जनाको कोठामा ३५ जना कैदी राखिएको अवस्थामा स्वास्थ्य र मनोवैज्ञानिक समस्याहरू उत्पन्न हुने गरेको बताए । उनले देशभरका कारागारमा प्रायः एक वा दुई कैदी मात्र एउटै कोठामा बस्ने तथ्य पनि प्रस्तुत गरे।

मन्त्री लेखकले रवि लामिछानेको कारागार स्थानान्तरणको प्रक्रिया सरकारले सुरक्षासहित सबै पक्ष हेरेर अघि बढाउने स्पष्ट पारेका छन् । उनले कारागारमा लामिछानेलाई विशेष सुविधा नदिइएको पनि प्रष्ट पारे ।

उनले भने, “उहाँलाई अलग कोठामा राखिएको छ, तर विशेष सुविधा दिएको छैन। स्थानान्तरण विषयलाई सकारात्मक रुपमा अघि बढाइरहेको छु।”