विराटनगर, २८ साउन । विराटनगरस्थित बाल सुधार गृहमा प्रहरी र बालबालिकाबीच झडप भएको छ।
सुधारगृहका केही बालबालिकाले सुर्ति सेवन गरिरहेको आशंकामा प्रहरीले चेकजाँच थालेपछि विवाद सुरु भई झडपमा परिणत भएको सुधारगृहका प्रमुख गायत्रीप्रसाद ढकालले जानकारी दिएका छन्।
झडपका क्रममा बालबालिकाको आक्रमणबाट एक जना प्रहरी घाइते भएका छन्। घाइते प्रहरीलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको छ।
सुरक्षा अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी बलसहित चारवटै सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा पुगेका छन्।








प्रतिक्रिया