११ असार २०८३, बिहिबार

पूर्वराष्ट्रपति भण्डारीबारे बहस टुंगिसक्यो : शेरधन राई

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २८ साउन । धनकुटाको हिलेमा मंगलबारदेखि जारी कोशी प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे कुनै पनि बहस वा छलफल अब आवश्यक नरहेको स्पष्ट पारेका छन्।

पार्टी केन्द्रीय कमिटीले यस विषयमा आवश्यक छलफल, बहस र निर्णय गरिसकेको उनले स्पष्ट पारे ।

पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्किन नदिने नीति तय गरिएको र उक्त निर्णय कुनै व्यक्ति लक्षित नभई राष्ट्रपति संस्थाको गरिमा, थिति र प्रणालीलाई ध्यानमा राखेर गरिएको बताए।

“एउटा नीति र प्रणालीका लागि गरिएको राजनीतिक निर्णयलाई विवादमा तान्नु वा उहाँलाई बहसको पात्र बनाउनु उचित होइन,” राईले भने। साथै, उनले एमाले नै नेपालको “गुरु पार्टी” भएको दाबी गर्दै अरू दलहरूले यस निर्णयबाट सिक्ने समय आएको टिप्पणी गरे।