२३ जेष्ठ २०८३, शनिबार

भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूलाई समयले जवाफ माग्नेछ : प्रधानमन्त्री

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि प्रतिशोध लिएको भन्ने आरोपको तीव्र खण्डन गरेका छन्।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा रवि लामिछाने र सो पार्टीका सांसदहरूमाथि आरोप लगाउँदै विपक्षको व्यवहारप्रति आक्रोश व्यक्त गरे। उनले संसदलाई “सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो” बनाउने दुष्प्रयास भएको दाबी गर्दै देश र जनताको हितमा केन्द्रित बहस आवश्यक रहेको बताएका हुन् ।

ओलीले अर्बौं रुपैयाँ अपचलनको आरोपमा थुनामा रहेका सयौं व्यक्तिमध्ये केवल एकजनामाथि मात्र ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने धारणा बनाउनु कपटपूर्ण भएको टिप्पणी गरे। उनका अनुसार अदालतले पूर्वमन्त्रीदेखि मेयरसम्मका धेरैलाई थुनामा पठाएको छ र सबैमाथि कानुनी कारबाही भइरहेको छ।

“भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूलाई समयले जवाफ सधैं माग्नेछ,” ओलीले चेतावनी दिए। साथै, त्यस्ता व्यक्तिको पछि लागेर कुद्ने भीडलाई उनले “दयालाग्दो” भनेका छन्।