३० जेष्ठ २०८३, शनिबार

मिलन चक्रेको बयान– साथीहरूले ल्याएको केक मात्र काटेको हुँ, अभद्र काम गरेको छैन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । गुन्डागर्दीको आरोपमा पक्राउ परेका गोरखाका मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनाको अनुसन्धान सकिएको छ।

साउन १६ गते महाराजगन्जस्थित होटल साम्बालामा जन्मदिन मनाइरहेको क्रममा पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौं प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरेको थियो।

पक्राउ परेकामध्ये १९ जनाको आपराधिक पृष्ठभूमि रहेको खुलाएपछि प्रहरीले उनीहरूलाई १० दिन थुनामा राखी अनुसन्धान गरेको हो । मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत चक्रेसहित १९ जनाकै मुद्दा अदालतमा दर्ता गरिएको छ।

प्रहरी प्रतिवेदन अनुसार, जन्मदिन मनाउने क्रममा उनीहरूले सडक अवरुद्ध गर्नुका साथै होटलमा होहल्ला गरेका थिए। तर, चक्रे मिलनले आफ्नो बयानमा आफू नेकपा (एमाले) को जिल्लास्तरीय राजनीतिमा सक्रिय रहेको र जन्मदिनमा साथीहरूले ल्याएको केक काट्नुबाहेक कुनै अभद्र काम नगरेको दाबी गरेका छन्।

प्रहरीले चक्रे समूहलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा एक वर्ष कैद सजायको माग गर्दै प्रतिवेदन बुझाएको छ।