१० असार २०८३, बुधबार

जवाफदेही निकाय सधैं जिम्मेवार हुनुपर्छ : प्रधानमन्त्री ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफदेही निकाय सधैं जिम्मेवार हुनुपर्ने बताएका छन् । जवाफदेही निकायले जिम्मेवारी वहन नगर्दा काम गर्नेले पनि गाली खानी स्थिति आउने प्रधानमन्त्री ओलीको भनाई छ ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउने र विरोध मात्रै गर्नेको वाहवाही हुने उल्लेख गरेका हुन् । हरेक सरकारी निकाय आफ्नो परिभाषित काममा आफैं जवाफदेही हुनुपर्नेमा उनले जोड दिएका छन् । ‘नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन’, उनले लेखेका छन् ।

अहिले किसानले मल पाएनौँ भनिराखेकाले त्यसको परिभाषित जिम्मेवारी लिएका निकायले तत्काल समस्या सम्बोधन गर्नुपर्ने उनको धारणा छ ।

‘यो गुनासो तत्काल समाधान गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु, सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भइरहोस्, समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो’, प्रधानमन्त्री ओलीले भनेका छन् ।