४ असार २०८३, बिहिबार

भुटानी शरणार्थी प्रकरण : बाँकी रहेका साक्षीलाई उपस्थित गराउन अदालतको आदेश

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले बाँकी रहेका साक्षीलाई उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मंगलबार दफा ११२ बमोजिम भदौ ११ गते बकपत्र गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार बाँकी साक्षीहरूको नाममा म्याद जारी गरी पेशीमा उपस्थित गराइनेछ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्। उनीहरूमध्ये केही थुनामा छन् भने केही बाहिरैबाट मुद्दा लडिरहेका छन्।

उनीहरूविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधका अभियोग लगाइएको छ।