काठमाडौं, २७ साउन । रुपन्देही र कैलाली कारागार अनुगमनपछि राष्ट्रिय मानव अधिकार आयोगले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखिएको कोठा स्वास्थ्यका दृष्टिकोणले उपयुक्त नभएको निष्कर्ष निकालेको छ।
आयोगको टोलीले कोठाको झ्याल प्लाइले बन्द भएकाले हावा नआउने, बाहिर हिँडडुल गर्न नदिइने र कोठासँगै खुला ट्वाइलेट रहेको तथ्य फेला पारेको हो। अदालतको आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको आयोगको भनाइ छ।
अनुगमनमा रुपन्देही र कैलाली कारागार दुवैमा क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षामा कमजोरी, आधारभूत सुविधा अभाव र प्रशासनिक प्रक्रिया अपारदर्शी रहेको पाइएको आयोगले जनाएको छ। सरकारलाई कारागार सुधार र मानव अधिकारमैत्री बनाउन निर्देशनसमेत दिएको छ।









प्रतिक्रिया